Categories: बाल कथा

“उजुरी”

अम्बिका धिताल
कमलविनायक भक्तपुर

“अझै पनि किन हुन्छ सर भेदभाव ?” तिलकको प्रश्नको उत्तर सुन्न कक्षामा सन्नाटा छायो। सामाजिक विषयमा ‘भेदभाव’ शीर्षकको पाठ पढाइरहनुभएको थियो जितेन्द्र सरले । उहाँलेभन्नुभयो,”सबैले ध्यान दिएर सुन ,अझै पनि मानिसमा चेतनाको स्तर कम छ ।

त्यही अशिक्षा र अन्धविश्वासले गर्दा काहीँकतै यस्ता घटना घट्ने गर्छन्।” हत्तपत्त रामले उठेर भन्यो,” पढेलेखेका मान्छेहरुले पनि यस्ता काम गरेको भन्ने समाचार आउँछ नि सर अशिक्षा मात्र कसरी भयो त ?” जितेन्द्र सरले संयमित हुँदै भन्नुभयो,”हो उनीहरु पढेका तर अन्धविश्वासको पछि लागेकाले समस्या भएको हो ।” रमिताले जुरूक्क उठेर सोधिहालिन्,” यस्ता घटना घटे भने कहाँ अजुरी गर्ने सर ?” सरले भन्नुभयो,”अहिले त धेरै सजिलो छ । आफ्नै ठाउँमा स्थानीय सरकार छ । त्यहाँ गएर उजुरी गर्ने।” यति भनेसँगै खाजा खाने घण्टी बज्यो । सबै विद्यार्थी चौरमा बसेर खाजा खाँदै थिए । रामले दौडँदै गएर टेबुलमा राखिएको बोतलको पानी घटघटि पियो। “मैँले त्यहाँ राखेको पानी किन तैँले छोइस् ?”भन्दै सरले लाठ्ठी बर्साउनु भयो। विद्यार्थीहरूले घेर्दै भने,”शिक्षा दिने ठाउँका शिक्षकबाटै यस्तो भेदभाव ? , खै तपाईंले कक्षामा दिनुभएको शिक्षालाई व्यावहारमा उतार्न सक्नुभयोको । सबैजना जाउँ अब पालिकामा गजुरी गर्न ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

8 minutes ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

21 minutes ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago