शान्ति दीप
सुनौलो यो दिन
ढिला गर्ने किन ?
अघि अघि बढेँ
स्कुलभित्र पसेँ ।
नयाँ नयाँ ठाउँ
कसरी रमाऊँ ?
वरिपरि बाग
हट्न थाल्यो लाज ।
कुन साथी बन्ला
के के कुरा भन्ला ?
कस्तो होला बानी
जान्ने इच्छा लाग्नी ।
जब भेटेँ साथी
रैछन् कति जाती।
गुरुहरू राम्रा
कुरा सुन्ने हाम्रा ।
दिन राम्रो भयो
डर पनि गयो ।
बगैँचामा थिएँ
रस मिठो पिएँ ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…