नरिश्वर गौतम
हुनु सत्यवादी हरिषचन्द्र
चाणक्यजस्तो हुनु नीतिवान
परिश्रमी बन्नु भागीरथजस्तो
काम फत्ते गर्नु बनी हनुमान।।
कुबेरजस्तो धन कमाउनु
दधिचीजस्तो हुनु सधैँ दानी
बन्नु बुद्धजस्तो शान्तिका दूत
जनकजस्तो विद्वान् ज्ञानी ।।
सरस्वतीजस्तो विद्या र बुद्धि
सावित्रीजस्तो हुनु पतिव्रता भक्तिनी
हुनु मिराजस्तै
तर कैकेयीजस्तो नराख्नु स्वार्थ ।।
विभीषणजस्तो कुलद्रोही
दुर्वासाजस्तो नहुनु रिसाहा
शकुनि जस्तो कपटी नहुनु
कुम्भकर्णझैँ नहुनु सुताहा ।।
लिनु प्रतिज्ञा भीष्मकोजस्तो
नबन्नु कहिलै खन्चुवा अगस्ती
नहुनु गरिब सुदामाजस्तो
एकलव्यजस्तो राख्नु गुरुभक्ति ।।
नबन्नु कुरौटे नारदझैँ पनि
नहुनु दुशासन जस्तो दुष्ट
नगर्नु ईर्ष्या घमण्ड रिस
हुनेछ पूरा सधैँ अभिष्ट ।।
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…