Categories: कविता

“हामी बचाऔं सिमसारलाई”

घनश्याम रेग्मी

हाम्रा नदी हुन् अनमोल अङ्ग
भर्छन् यिनैले सय लाख रङ्ग
पानी पिएका यसले जिएका
माटो सँगैमा सपना बुनेका।

पानी र यो जीवन एक पाना
छोडेर बन्दैन कुनै सुहाना
छन् जीव कैयौं जल साथ बाँच्दै
हामी सबै छौ “सिमसार ” मास्दै।

पानी र यो जीवन जोडिएको
हो मासु औ रक्त कि झैं भएको
माछा चरा बोट र अन्न पानी
आधार हाम्रा “सिमसार” जानी।

छन् धान हाम्रा सिममै फलेका
मान्छे सबै छौँ यसमै खिलेका
यो पृष्ठ हो सृष्टि र सिर्जनाको
पानी र माटो जन जीविकाको।

छन् हाँस पानीसँग खेल खेल्दै
कीरा फटयांग्रा पनि खोज गर्दै
हाम्रा जलेवा जलमा भुलेका
ताहीँ मलेवा धुनमा खुलेका।

दोसाँध पृथ्वी जलको यही हो
छायाँ बनी जीवनको चलेको
मायाँ मलाई गर ए मनुष्य
आनन्द भेट्छौ यसमै अवश्य।

पानी रसायो मन भित्रबाट
माटो भिजायो कुन छिद्रबाट
तप्के यहाँ जीवनका इरादा
हामी बचाऔं सिमसार हाम्रा।

सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

18 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

18 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

3 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

3 days ago