Categories: कविता

“फुरूक्क”

पुण्य घिमिरे
बैतेश्वर-६, दाेलखा

पूजाकाेठा बाबा आमा, ताल घण्टकाे,
तुईँ तुईँ गावैं बिउँझाई, शङ्ख फुक्नुभाे ।
भान्सामा घट्याङ घुटुङ, भाँडा बज्दैछ,
गिलासमा ट्याङ टुङटुङ, चम्चा गर्दैछ ।

आवाजमै अड्कल गरें, खाना पाकेछ,
पिंडी आगन खेतबारीमा, घाम लागेछ ।
उठ उठ कति सुत्छाै, आमा आउनुभाे,
हरहर बास्ना आउने, दूध ल्याउनुभाे ।

मैले बल्ल थाहा पाएँ, म त अल्छी छु,
कुखुरी काँ कराउँदा नि, कती सुतेछू ।
विद्यालय जान हतार, उठें जुरूक्क,
हाँस्दै हाँस्दै पढ्न हिडें, सबै फुरूक्क ।

सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

19 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

19 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

3 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

3 days ago