मित्र ‘उराठी’ गौतम
अमरपुर गुल्मी हाल तिलोत्तमा न पा-२,रुपन्देही

“राम! राम!! झण्डै ज्यान गएको। कस्ता असती हुन् ? चाहिञ्जेलको भाँडो नचाहिँदाको ठाँडो भने झैँ गर्छन्।” अत्तालिँदै आक्रोश पोखिन् सम्झनाले। “त्यही त भन्या। अलिकतिले ज्यान बच्यो नत्र …..।” नरेशले कारको स्टेयरिङ सम्हाल्दै बोले। “दुध दिउन्जेल खान्छन्। तिहारमा गाई,गोरु पूजाको नाटक गर्छन्। यज्ञादि पूजापाठमा गाईकै गोबर, गहुँत र दुध चाहिने अनि अरु बेला चाहिँ घाँडो हुने।”सम्झनाको आक्रोश अझै थामिएन। “सरकार पनि उस्तै छ। न त छाडा चौपाया व्यवस्थित गर्छ न त निर्यात गर्न दिन्छ। लुकिछिपी निर्यात गर्नेहरू तस्करीमा पक्राउ पर्छन् । कमसेकम व्यवस्थित तरिकाले निर्यात गरे राष्ट्रिय आय त बढ्दो हो। यता गाईगोरुले सडकमा दुःख पाउने, उता दुर्घटनाको जोखिम हुने ।” नरेशले तितो ओकले। “गाडीले हानेर महिनौँ सडकमा छट्पटिएको दर्दनाक अवस्था। रातमा छाडा पशुबाट खेतीबाली सत्यनास।लक्ष्मी भनी पुज्ने किसानले बालीनाली नष्ट पार्दा कुटीकुटी घाइते बनाउने। यस्तो देख्दा पनि सरकार किन मौन छ?” सम्झनाले करुणा भावसँगै सरकारप्रति असन्तुष्टि व्यक्त गरिन्। “त्यसैले त अलि पहिले पश्चिमतिरको कुनचाहिँ पालिकाले हो सडकका गाईगोरु ट्रकमा हालेर लगि रातिमा भिरबाट गुल्टाइदिएको थियो रे !” नरेशले पुरानो घटना स्मरण गर्न खोजे। “कस्तो निर्दयी दानव रहेछ? त्यस्तो जघन्य अपराध पनि गर्ने हो त?” सम्झनाको मुखबाट आगो निस्कन रोकिएन। “यी छाडा चौपायालाई निकुञ्जहरूमा लगेर छाड्यो भने यिनलाई पनि खानाको समस्या हुने थिएन । किसानको खेती जोगिन्थ्यो । आकस्मिक दुर्घटना पनि हुने थिएन । बाघ,चितुवाजस्ता जङ्गली जनावरलाई जङ्गलमै आहार उपलब्ध हुनेहुनाले बस्तीमा पस्ने सम्भावना पनि कम हुने थियो । प्राकृतिक तरिकाले इकोसिस्टम पनि चल्ने। यो उपाय ठिक हुन्न त बाबा?” पछिल्लो सिटमा बसेर बुबाआमाको वार्तालाप सुनिरहेको सन्देशले समाधानको उपाय सुझायो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

4 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

4 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago