Categories: कविता

“वसन्त र लेकाली सुन्दरता”

घनश्याम रेग्मी

पाखातर्फ गुराँसका कुसुमले लाली चढाए अहा!
प्यारा कोकिल गाउँदै मधुरिमा भाका सुनाए जहाँ
राम्रो पार्छ वसन्तले भुवन यो हो स्वर्गझैँ सन्दुक
आँखा हेर्छ अघाउँदैन मन यो तान्ने छ झैँ चुम्बक।

पाके काफल लेकमा अमृतझैँ स्वादिष्ट छन् खानमा
हावा शीतल बग्छ जो कुसुमको गुञ्जाउँदै कानमा
लेकाली जरुवा चिसो छ जलको पीयूषजस्तै मिठो
जाऊँ हेर्न हिमालको प्रिय छटा भन्दैछ लोभी ठिटो।

सारङ्‌गी धुन गाउँछन् तरुलता गाना अहो! नादझैँ
बोल्छन् पातहरू कडा विषयमा छन् तर्क ती वादझैँ
झञ्झावात सुनाउँछन् पवनले आयो कि झैँ कम्पन
कस्तो मादकता छ यो प्रकृतिमा लठ्याउँने बन्धन।

मान्छेका मनका कथा र कविता उस्तै उनेझैँ गरी
भेरी छाल सुसाउँछे गजबले गाना र भाका छरी
टप्पा नाच चलेर गाउँ घर नै लाग्दोछ रोधीघर
उम्दा दृश्य नियाल गाउँतिरको यो स्वर्गजस्तै घर।

चौँरी चर्दछ लेकका वन वनै लाग्छन् तपस्वी ऋषि
वीणाकासरि बज्छ त्यो मधुरिमा घन्टी मजाको कति
सेता चामर उड्दछन् पवनमा फर्किन्छ पन्नासरि
हाम्रो जीवन कर्म हो र अवनि यो लाग्छ पूजास्थली।

सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

3 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

3 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago