“उर्लेर आयो बाढी”


राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५ संगम काेलाेनी
राधे राधे भक्तपुर

उर्लेर आयो बाढी नै हजुर गाउँ बस्ती शहरमा
जनधनकाे क्षति गरेर गयौ हाम्रो यो नजरमा।

सक्किएन कहिल्यै प्रकृतिसँग संघर्ष गरेर
गयौ है तिमी मानव बस्ती क्षत बिच्छेद पारेर
याे आँसु झर्ने त्यो मन राेही रहने खाली नै भएन
संहाल्न खाेज्छौँ मनलाई हामी पीर ब्यथा गएन।

उर्लेर आयो बाढी नै हजुर गाउँ बस्ती शहरमा
जनधनको क्षति गरेर गएउ हाम्राे यो नजरमा।

विधुवा विधुर टुहुरा पारी काेख पनि रित्यायौ
सुन्दर सपना आमाको आशा सबैनै सिध्यायौ
पुछियाे सिन्दुर रित्तियाे काख उमेर हुँदैमा
जाने भाे जीवन सकिन्छ आँसु जुनिभर रूँदैमा।

उर्लेर आयो बाढी नै हजुर गाउँ बस्ती शहरमा
जनधनको क्षति गरेर गएउ हाम्रो यो नजरमा।