रमेशचन्द्र घिमिरे
सुन बाबु सुन
सुन नानी सुन
तिरिरिरी बज्यो
मुरलीको धुन
सुरिलो र छोटो
बाँसको यो लौरी
भाका सुनी यसको
छक्क परिन् गौरी
सुनेपछि यसलाई
छोड्यो बाबु रुन
कति मिठो लौ न
मुरलीको धुन
मीठो स्वरमा आहा
कला उस्तै राम्रो
लयालु हुन् मान्छे
गला उस्तै राम्रो
रहर लाग्यो मलाई
हातमा समाउन
सुनाउँछु म नि
मुरलीको धुन।
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…