रमेशचन्द्र घिमिरे
सुन बाबु सुन
सुन नानी सुन
तिरिरिरी बज्यो
मुरलीको धुन
सुरिलो र छोटो
बाँसको यो लौरी
भाका सुनी यसको
छक्क परिन् गौरी
सुनेपछि यसलाई
छोड्यो बाबु रुन
कति मिठो लौ न
मुरलीको धुन
मीठो स्वरमा आहा
कला उस्तै राम्रो
लयालु हुन् मान्छे
गला उस्तै राम्रो
रहर लाग्यो मलाई
हातमा समाउन
सुनाउँछु म नि
मुरलीको धुन।
खोलाघरे साहिलो देवीसमान आमा हुन् जन्मदायिनी हुन् माया दिई असाध्यै हुर्काउने उनी हुन् के त्याज्य…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ क-क-न-न भनेर मीठो बोल्न सिकाउँछिन् हात समाई बिस्तारै ताते-ताते गराउँछिन् मलाई…
नन्दलाल आचार्य "त्यो खिया लागेको ढोका बाहिर यमराज मुस्कुराइरहेको छ, बाबु, तिमी भित्रै बस !"…