Categories: कविता

“एकताका प्रतीक”

सरिता पराजुली
चन्द्रागिरि -१५ ,काठमाडाैं

याैटै छहारीमुनि देशलाई
राख्याै मिलाई सब दाजुभाइ
हाै राष्ट्रका नायक दिव्य द्रष्टा
निर्माणका साधक वीर स्रष्टा।

भाषा कला संस्कृति भेष हाम्राे
हुन् गर्व गर्ने पहिचान राम्राे
गाँस्याै नि मालासरि देशलाई
याे देशकाे गाैरव सान राखी।

पाखा पखेरा अझ रङ्ग छर्दै
नाच्दै छ डाँफे अझ दङ्ग पर्दै
टल्क्याे हिमालै हिमका कणैमा
छाँया उसैकाे घर आँगनैमा।

टेकेर चन्द्रागिरि पर्वतै त्याे
देख्याै नि स्वप्ना नव सिर्जनाकाे
पारेर ढिक्का सरि देशलाई
आफैँ चिनायाै अझ विश्वलाई।

मेची र काली भनि गड्गडायाै
नेपाल धर्ती बिच मुस्कुरायाै
पृथ्वी तिमी जून बनेर सारा
घेरी बसेझै अझ लाग्छ तारा।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

12 minutes ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

25 minutes ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago