Categories: बाल कथा

चाहना

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

सरिता आफ्नी दिदी उमा कहाँ जाँदा हरेक पटक थरिथरिका बिस्कुट लाने गर्दथिन्। कहिलेकाहीँ विदेशबाट आएकाहरुले दिएका चकलेट पनि दिने गर्दथिन्। तर पनि उनका छोराछोरी खुशी भएको पाएकी थिइनन् । त्यसपछि उनलेे महङ्गा कपडाहरु किनेर लगिन्। तैपनि खुशी नदेखेपछि एकदिन उनलेे उमालाई सोधिन् ” तिम्रा आँखाका नानीहरूलाई केही बिषयमा चिन्ता परेको जस्तो लाग्यो ,प्रत्यक्ष अप्रत्यक्ष रुपमा बुझ्नुपर्छ है।” उमाले भनिन् ” त्यस्तो त लाग्दैन । के कुराले तिमीलाई यस्तो लाग्यो ?” सरिताले भनिन् ” मैले जे कोसेली ल्याउँदा पनि उनीहरू कहिल्यै रमाएको पाइन ।” उमाले बताइन् ” तर सरस्वती बहिनी आउँदा भने उनले दिएको कोसेली पाउँदा यिनीहरूको अनुहार निकै उज्यालो देखिन्छ ।” . सरिताले जिज्ञासा राखिन् ” मैले भन्दा महँगो कोसेली ल्याउँछिन् कि सरस्वतीले ?” उमाले सुनाइन् ” आवश्यकता हेरेर कोसेली ल्याउने उनको बानी छ। न उनलेे स्वास्थमा असर पर्ने ल्याउँछिन्,न अनावश्यक कुरा।” सरिताले चासो राखिन्” के ल्याउने गरेकी छन् उनलेे ?” उमाले बताइन् ” रंगिन सचित्र ज्ञानबर्धक् बिज्ञान तथा कथा कविताका पुस्तकहरु। ती पुस्तकले उनीहरूलाई मात्र नभई छिमेकीलाई समेत फाइदा भएको छ। मेरा छोराछोरी एक्लै होइन समुहमा रमाउन चाहन्छन् ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 hour ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 hour ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago