Categories: बाल कथा

एकताको महत्व

तुलसी पण्डित

नोर्बु झसङ्ग भए । आज सामाजिक विषयमा पाठ कसरी अगाडि बढाउने ? विद्यार्थीले सजिलै सँग बुझ्ने कुरा के होला ? उनी एकछिन् घोत्लिए । जड् कुरो पत्ता लागेको अनुभव गरे । उनको मुहार हँसिलो भयो । उनी सरासर चउरमा गए । पहिलो दोस्त्रो तेस्रो चौथो पाँचौ गरेर साना देखि ठूला ढुङ्गा मिलाए ।
त्यसपछि सर सरासर कक्षामा जानु भयो । बोर्डमा एकता दिवस भनेर लेख्नु भयो ।
“ल भनत तिमीहरुलाई एकता भनेको के हो थाहा छ ?” ” थाहा छैन सर । ”
“ल हिड चउरमा ।”
विद्यार्थी खुशी हुँदै चउरमा पुगे ।
“ल राम यो पहिलो ढुङ्गा उचाल ?” ” उचाले सर ।” ” अब क्रमिक रुपमा उचाल्दै जाउँ ढुङ्गा ?” ” सर यो तेस्रो ढुङ्गा उचाल्न सकिन ।” ” कति जनाले उचाल्न सक्छौ साथी बोलाउ ।” ” सर हामी दुई जनाले उचाल्यौँ ।” ” अब क्रमिक रुपमा उचाल्दै जाउँ ?” ” सर यो अन्तिमको ढुङ्गा उचाल्न धेरै जना लाग्यो सर ।
सरले सबै विद्यार्थीहरुलाई ढुङ्गा उचाल्न भन्नु भयो । सबैले ढुङ्गा उचाले ।
“ल भन अब के भो ?” ” सर तेस्रो ढुङ्गाबाट नै साथीहरुको सहयोग लिनु पर्यो । साथीहरुको सहयोग बिना पछिका ढुङ्गा उचाल्न सकिएन । अझ अन्तिमको उचाल्न धेरै साथी लाग्यो ।”
“ल भन त एकता बिना कुनै काम गर्न सकिन्छ ?”
” सकिदैन सर । हामीले राम्रै सँग बुझ्यौँ एकताको महत्व ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

21 hours ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

22 hours ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 days ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 days ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

2 days ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

2 days ago