सरिता पराजुली
चिसाे चिसाे माैसममा
न्यानाे लुगा लगाई
स्कुल हामी जानै पर्छ
गर्दै बाई बाई।
सानैदेखि प्रकृतिले
पाठ सिकाउँछे
आफ्ना सबै रङ्गरूप
पनि चिनाउँछे।
प्रकृति नै गुरु हाम्राे
सबै सिकाउने
चेतनाकाे ज्याेति छर्दै
धर्ती व्युँझाउँने ।
समयलाई जसले चिन्याे
उहीँ बढ्छ अघि
नत्र भने जिन्दगीमा
परिन्छ है पछि ।
म त गएँ पढ्न साथी
तिमी पनि आउँ
पढी गुनी असल बनी
चम्काउनु छ नाउँ ।
गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…