सरिता पराजुली
चिसाे चिसाे माैसममा
न्यानाे लुगा लगाई
स्कुल हामी जानै पर्छ
गर्दै बाई बाई।
सानैदेखि प्रकृतिले
पाठ सिकाउँछे
आफ्ना सबै रङ्गरूप
पनि चिनाउँछे।
प्रकृति नै गुरु हाम्राे
सबै सिकाउने
चेतनाकाे ज्याेति छर्दै
धर्ती व्युँझाउँने ।
समयलाई जसले चिन्याे
उहीँ बढ्छ अघि
नत्र भने जिन्दगीमा
परिन्छ है पछि ।
म त गएँ पढ्न साथी
तिमी पनि आउँ
पढी गुनी असल बनी
चम्काउनु छ नाउँ ।
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…
आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…