Categories: कविता

ऐँसेलु

गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ

ऐँसेलुको झाङमा
छिरे घोच्छ आङमा
तर पनि रमाउँदै
बुट्यानहरु समाउँदै ।

चाहरेर वनमा
नलिई डर मनमा
टिपी साना दाना
खान्छन् एक माना।

ओखलजस्तो आकार
खुसी दिने अपार
थरीथरीका रङ्ग
पार्छ सबैलाई दङ्ग।

स्वाद मीठो अति
अमन भइन्न रत्ति
आमा छुच्ची भए पनि
छोरी मनकी धनी।

सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

6 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

6 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

1 day ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

1 day ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago