दुर्गा पौडेल
कुखुराको भाले हेर कति राम्रो रङ्
चर्न जान्छ खेत बारी, अरु साथी सँग
कस्तो रातो शीर उस्को हिमाल जस्तै उँचो
चारो देखे पहिलै पुग्छ बनि धेरै छुचो।
निउरीपरी चारो टिप्छ कल्की हल्लाई हल्लाई
चारै बजे बिहानीमा ब्युँझाउँछ सब्लाई
शरीरभरि चिल्ला काला, राता पहेला प्वाँख
चनाखो भई चारैतिर हेर्ने साना आँखा।
हिड्नलाई दुई खुट्टा, मान्छे जस्तै डिड्छ
आपत पर्दा पंख फिजाई उडी भाग्न सक्छ
गिद्द चील देख्यो भने चिच्याई सचेत पार्छ
आफ्ना पोथी, चल्लालाई रक्षा उस्ले गर्छ।
चारो खान बोलाउँछ कुटकुट कुटकुट गर्दै
हरेक घण्टा बास्न थाल्छ घाटी तन्काउँदै
कान उस्का साना साना लोती झुण्डिएको
ठोड उस्को छोटो मोटो थोरै निहुरिएको।
खान्छ उस्ले अन्न पात गेडागुडी सबै
किरा किरी छोप्छ खान्छ भोक लाग्छ जसै
गोभी मूला पात खान अति रुचाउँछ
बारी भित्र पसेपछि सिख्रै बनाउँछ।
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…