Categories: बाल कथा

मान्छे

योगेन्द्र तिमिल्सिना

बाटोमा एउटा गधा र कुकुरको जम्काभेट भयो । दुबै दुब्ला र कमजोर थिए । गधाका पिठ्युँमा भुत्ला जति झरिसकेर भारीले वर्षौदेखि किचेका डामहरु मात्र देखिन्थे । कुकुर चाहिँ बुढिएर चाउरिएको थियो र त्यसको शरीर ठाउँ ठाउँमा लुतोले खुइलिएको थियो । कुकुरले गधालाई सोध्यो “कहाँ जाँदैछौ ?”
गधाले भन्यो, “मैले खान नपाएको तीन दिन भैसक्यो । अब म मालिकको नियन्त्रणमा बस्न सक्तिन, जहाँ खान पाउँछु त्यहीँ जान्छु ।” “तिमी नि ?”
“म पनि गाउँ चहारेर दिन बिताउँदै छु ,बुढो भएपछि मालिकले निकाली हाले, कसैले खान दिँदैन, बडो सास्ती पाएर बाँच्नु परिरहेछ ।”
दुबैले त्यो गाउँ छाड्ने सल्लाह गरे र नयाँ ठाउँ चहार्दै एकार्कालाई सहयोग गरेर बाँच्ने प्रण गरे । हिँड्ने बेलामा कुकुरले भन्यो, “के गर्नु मान्छे भएर जन्मने हाम्रो कर्म रहेन छ !”
कुकुरको यस्तो कुरा सुनेर नजिकैका वर–पिपलले सोधे, “के तिमीहरुलाई मान्छे हुने इच्छा छ ?”
दुबैले एकै स्वरमा भने, “हो, हामी मान्छे हुन चाहन्छौँ ।”
नभन्दै एकैछिनमा दुबै मान्छे भए, तर दुबै एकार्कालाई वास्तै नगरी विपरित दिशातर्फ लागे ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

15 hours ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

15 hours ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

15 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

2 days ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

2 days ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

3 days ago