Categories: बाल कथा

औपचारिकता

तिलक तारामी “रेशाली”
बुटवल – ११, रुपन्देही

“तेरो कपडामा धुलैधुलो लागेको छ त ! कतै लडिस् कि क्या हो ? ” रुक्मागतले प्रश्न गरे।
“वृक्षारोपण गरेर आएको नि, काका !” रोहितले गर्व गर्दै भन्यो।
“वाइयात कार्यक्रम ! जनताले तिरेको करको सत्यानाश मात्र।” रुक्मागत चिन्तित देखिए।
विश्व वातावरण दिवस थियो। पारीको नाङ्गो पाखोमा वृक्षरोपण कार्यक्रम थियो। प्रमुख अतिथिको रुपमा मन्त्री आएका थिए। नाचगान र खानपिनको समेत राम्रै बन्दोबस्त थियो।


“किन र काका ? वृक्षारोपण त गर्नुपर्यो नि ! हरियाली बढाए पो वातावरण स्वच्छ हुन्छ त ! अनावृष्टि र अतिवृष्टि हुँदैन। भूक्षय रोकिन्छ।” रोहितले वृक्षारोपणको महत्व बारे लामै बखान गर्यो।
“त्यो त मलाई पनि थाहा छ। तैलें भन्नुपर्छ र ? खुबै जान्ने पल्टिदों रहेछ।” रुक्मागत क्रोधित देखिए।
“त्यसो भए किन विरोध गर्नुहुन्छ त ? ” रोहितले वास्तविकता जान्न खोज्यो।
“तिमीहरूले त्यहाँ पाँच वर्ष अघिदेखि हरेक वर्ष वृक्षारोपण गरिरहेका छौ। अझैसम्म पनि त्यो पाखो उस्तै उजाड छ, किन त ? ” रुक्मागतले मनको कुरा उजागर गरे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

5 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

6 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

6 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago