Categories: कविता

“मलाई पढ्न दिनुहोस्”

घनश्याम रेग्मी

पढ्ने छ मेरो अहिले उमेर
भयो भयो काम नखाप धेर
माटो र इँट्टा अझ बोक्न बाँकी
गलेर यो देह गएछ थाकी ।

भाँडा जुठा माझ्न म जान्न आमा
त्यो काममा धेर रहन्छ धामा
छ दुष्ट त्यो होटलवाल साहू
तड्पाउँने राक्षस हो कि राहु ।

कच्चा छ मेरो अहिले शरीर
हो ज्ञानको आर्जनको उमेर
पढेर यो देश बनाउने छु
नेपालको गौरव गाउनेछु ।

पढेर मान्छे म बनूँ छ इच्छा
बाबा मलाई दिनुहोस् शुभेच्छा
खेलेर सिक्दै म त पूर्ण बन्छु
यी ज्ञान माला म उनेर राख्छु ।

किताब कापी करले समाई
साथी सँगी साथ यसै रमाइ
भविष्य नक्सा म त कोर्न जाऊँ
नेपाल बारी म सिँगार्न पाऊँ ।

पढ्ने र सिक्ने पथ यी हराए
बाख्रा र गाई अहिले चराए
भविष्य मेरो तुहिने छ पक्का
विकासको मार्ग हुनेछ धक्का ।

तसर्थ आमा र बुवाहरूमा
विन्ती छ मेरो अगुवाहरूमा
नित्कृष्ट यी काम कुनै नलाऊ
उमेर बाँकी रहँदै सिकाऊ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

4 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

5 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

5 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago