Categories: कविता

“कति राम्रो हाम्रो देश”

घनश्याम रेग्मी

कति राम्रो हाम्रो देश अग्ला हिम चुली
सबै जना बसेका छौँ जात जाति मिली

फेवाताल राराताल गण्डकी र कोशी
भेरी राप्ती सेती नदी त्रिशूली र रोशी
झर्झर् बग्ने झरना छन् छङ्छङ् बग्ने खोला
<स्वर्गजस्तो देश मेरो रक्षा गर्छन् भोला । कति राम्रो ..

रिया छन् पहाड हाम्रा पहेँलै छ फाँट
अन्न बाली फलाउने हामी भित्र आँट
पौरखका पसिनाले भर्छौँ हामी झोला
ङ्गीचङ्गी फूलबारी पुतलीको मेला । कति राम्रो …

तराईका अन्न धन पहाडका फल
बाह्रैमास बग्छन् हाम्रा अमृतझैँ जल
मेची काली उठाउँछौ साथसाथै हामी
राष्ट्र झन्डा उचो पर्छौँ बन्छौँ हामी नामी । कति राम्रो…

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

19 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

19 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

4 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

4 days ago