Categories: बाल कथा

“सम्पदा”


तुलसी पण्डित

बाबु आजकल यी हिमाल किन काला पत्थरमा परिणत भएँ । पहिले हिमालहरुमा बाह्रैमास हिउँ परि रहन्थ्यो । कति रमणीय थियो यो ठाउँ । हेर्दा मनमोहक लाग्थ्यो । लाग्थ्यो अझ यो स्वर्ग सरी । नव्बे वर्षका हजुरबाबाको यो प्रश्नले खलिफा अन्योलमा पर्यो । उसले भन्यो । भन्नु न हजुरबाबा त्यो बेलामा प्रकृति कस्तो थियो ?

हेर बाबु त्यो बेलामा जतासुकै हरियाली थियो । जङ्गलमा जनावर र चराहरु प्रशत्त थिएँ । जडिबुटी उस्तै थियो । कति शितलता थियो त्यो बेला । प्राकृतिक प्रकोप त्यो बेला कम हुन्थ्यो । यी हिमालहरुको शान बेग्लै थियो । हजुरबाबा त्यो बेला कुनै विकास थिएन होला नि ? हजुरबाबाको अनुहार परिवर्तन भयो । उहाँले रिसाउँदै भन्नु भयो । यस्तो पनि विकास हो ।

जहाँ विनास मात्र छ । पानी पर्दैन । खण्डवृष्टि अनावृष्टिले धनजनको क्षति भएको छ । पानी समयमा न परेर खेत बाझा भएका छन् । नाति विलखवन्धमा पर्यो । “अब पहिलेको जस्तै गर्न के गर्ने त हजुर बाबा ?” “जङ्गल बिनास रोक्ने कार्वनडाअक्साइडको न्यूनिकरण गर्ने । आणविक शक्तिको उचित मात्रामा सकारात्मक काममा प्रयोग गर्ने ।” “के पहिलेको जस्तो अब बनाउन सकिएला हजुर बाबा ?” “सकिन्छ तर वैमनस्यता र होडबाजी निर्मूल हुनुपर्छ । प्रकृति सम्पदाहरुको उचित संरक्षण हुनुपर्छ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

8 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

8 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

8 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

1 day ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

1 day ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago