केशवराज अधिकारी
मध्यनेपाल ७ लमजुङ
माया लाग्छ आमाको अनि बाबाको
माया लाग्छ दिदी अनि भाइ,दादाको।
वल्लो घर पल्लो घर सबै जनाको
स्कूलका गुरु अनि साथी भाइको।
आज हाम्रो स्कूल पनि बिदा भएछ
नेपालीको नयाँ बर्ष सुरु भएछ।
माया गर्ने बाबा आमा गुरुहरूमा
साथीभाइ छिमेकका सबै घरमा।
अझै खुसी थपियोस शुभकामना
हामी साना सानाको शुभकामना।
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…