Categories: कविता

“कमल फूल”

घनश्याम रेग्मी

म फूल हुँ
कमल फूल
मेरो इतिहास खोज्छौ ?
कहाँ जन्मेँ
र कहाँ हुर्केँ ?
नसोध मलाई
वर्तमान हेर
दुर्गन्ध सहेर
फैलाउन सक्छु
सुगन्ध
विगत भुलेर
म रमाउन सक्छु
के तिमी
भुल्न सक्छौ
आफ्नो विगत ?
खराबका बिचमा
एउटा असल परिचयमा
उभ्याउन सक्छौ ?
सक्छौ भने
उभ्याएर हेर
मजस्तै
कमल फूल बनेर

अहिले
रङ्को लालित्य
जवानी
मादकता
खोज्न सक्छौ तिमी
मभित्र
किनकि
म फुलेको छु
आफ्नो
अथाह सङ्घर्ष
र मिहिनेतले
किनकि
म एउटा
कमल फूल हुँ

तिमी पनि
आफूभित्र
परिश्रमको
परीक्षा गर्न सक्छौ
हिलोमा
मजस्तै फुलेर
भित्र जे सुकै होस्
बाहिर हाँस्न सक्छौ
अरूको सन्तुष्टिमा
तिमी आफूलाई
समर्पण गर्न सक्छौ
विगत
अर्कै थियो
जगत् अर्कै छ
फगत देख्नेहरू
सुन्दरता हेर्छन्
सतही आँखाले
कामुक भावका
गिद्धे नजर
लगाउन सक्छन्
वास्तविकता
कसले खोज्छ र?
सङ्घर्ष
कसले हेर्छ र ?
कामुक भमरो
रसमात्र खोज्छ
विपत्तिको हात्ती
लुँड्याउन खोज्छ
म किञ्चित आत्तिन्न
ए, मान्छे हो!
तिमीहरू पाठ सिक
मबाट
र जीवनजगत्
सधैँ सुन्दर बनाउन
कसैको हानी
नगरीकन
आफ्नो पैतालामा
आफैँ उभिएर
हेर त
यो संसार
कति सुरम्य छ
एउटा फूल
मेरो आँखामा
फूल संसार हो
मलाई नबुझ्नेहरू
संसार काँडा देख्छन्
तसर्थ
ए, मानिसहरू हो!
आऊ
आफ्नो क्षेत्रबाट
उज्यालो
आँखा खोल
र चिहाऊ
यो संसार

कमल फूलले जस्तै ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

5 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

5 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago