Categories: बाल कथा

“स्मृति”

रमेश सुबेदी
ललितपुर – १३, कुसुन्ती

सरोज, साच्चै भन त ! तैँले त्यो स्कुल, कलेज पढ्दा हरेक परीक्षा पास गरिस् । अहिले त्यति बेला के अध्ययन गरिस्, सम्झन सक्छस् । सायद के पढिस्, के लेखिस् कुनै अत्तोपत्तो छैन होला । तर त्यो बेला बिताएका तिता मिठा पल अझै ताजै होला । कुन सर वा मिसले के भन्थे, को साथी कतिको उट्फट्याङ गर्थ्यो, त्यो रुपमती आहा, त्यो सङ्ग पिरती गास्न पाए !! कसको स्वाभाव कस्तो थियो, सबै दुरुस्त होला ?


भनु भने के भनु मनोज, दश दिन अघि भन्छामा के तरकारी पाक्यो, फिट्टिक्कै सम्झाना छैन । तर दश बर्ष अघि कसले के कुरामा चित्त दुखायो, एक एक शब्द याद भै रहेको छ, भने पछि मेरो स्मृति शक्त्ति कम त छैन नि !
हेर सरोज, वस्तवमा हाम्रो भावनासँग प्रत्यक्ष जोडिएको स्मृति, जती बेला खुशी वा दुःखी हुन्थ्यौं । त्यो मस्तिष्कमा कहिले नमेट्टिने क्षण बनेर बस्ने गर्दो रहेछ । हरेक दिनको सचेतनामा प्रत्येक सास सासको ध्यान दिँदा केवल आफुलाई मात्र सुखदुःखकै चक्कर बाट मुक्त्त भएको अनुभव गरिरहेका हुन्छौँ । कसले के भन्यो कसले के गर्यो भन्ने कुराहरुको हामी कसैको वास्ता गर्दैनौँ ।
मनोज तेरो कुराले त्यो दिनको ताजा तस्बिर छर्लङ्ग भएर आयो । तेरो त्यत्रो मेहनतले मेरो जीवनमा जोडिएकी रुपमती विदेशमा अर्कै सङ्ग रमाउन थालिछे । तँलाई नि बिर्सिछे, मलाई त बालै फरर.. रे !!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

6 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

6 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago