गणेश कुमार श्रेष्ठ
हेटाैडा-४ चिल्ड्रेनपार्क

“कति घाेेप्टिन सक्या हाेला त्याे माेवाईलमा मात्रै?”
सुगन्धा चिच्याई ।
“बिहानदेखि बेलुकासम्म माेवाईलमै झुण्डिएकाे छ। घरकाे कामकाे केही मतलव छैन। कस्ताे मान्छेकाे फेला परेँ , आजित भएँ म त ।” – सुगन्धाले थपिन।
“कति कराई रहेकी ? एक छिन माेवाईल चलाउदा नि ।”
जगत पनि झर्कियाे ।


“छाेरा छाेरीलाई सम्झाउने वेलामा बाउ नै यस्ताे भएपछि के गर्नु भगवान ?” -सुगन्धा फत्फताईन ।
जगत घाेत्लियाे । ” हाे त सुगन्धाले ठिकै त भनी । म तास,जुवा नखेल्ने,जाड रक्सी नखाने,चुराेट खैनी नखाने
मान्छे कुन‌ै किसिमकाे नराम्राे लत लागेकाे छैन भनेर घमण्ड गर्छु । तर माेवाईल चलाउने लत त नजानिँदाे पाराले लागेकै हाे।”
“अलि अलि कविता,लघुकथा,मुक्तकहरू फेसवुकमा पाेष्ट गर्न थालेपछि कसले के प्रतिकृया दिएकाे छ हेर्ने खसखस लाग्दाे रहेछ। आफूले पनि टिप्पणी गर्न मन लाग्दाे रहेछ। ”
“कसरी याे लत छुटाउने हाेला ?” – जगत फेरि घाेत्लियाे ।
सुगन्धा सुन त- “तिमीले भनेकाे कुराले मलाई छाेयाे । अब तिमीलाई भन्ने माैका दिने छैन।”
सुगन्धाले मुख लेप्र्याउँदै भनी- ” हेराैँ ला ।”
उसले अठाेट गर्याे – “अब बिहान र बेलुकी एक एक घण्टामात्र माेवाईल चलाएर लतबाट छुट्कारा लिन्छु।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago