सत्या अधिकारी
सानेपा

“आमा! अलिअलि पैसा छ भने बोक्नु है। मसँग त पैसै छैन।” छोराले भन्यो । उसलाई लिएर म मन्दिर जान लागेकी थिएँ । छोराको कुराले मन अमिलो भयो। दुई पटकको भत्ता समालेर राखेकी थिएँ। थैली नै उसलाई दिएँ । सुरुक्क गोजिमा राख्यो । ऊ ठुलै अफिसमा काम गर्थ्यो । टन्नै कमाउथ्यो तर आज मेरो छोरो रित्तिएछझैँ लाग्यो ।
आज पो मैले खर्च दिएँ । हिजो अस्ति कस्ले दियो होला? कतै यो घरै ऋणमा त होइन? यस्तै यस्तै कुरा मनमा खेले । धेरै दिन शहर नबस्ने निधो गरेँ । शहरले मेरो छोरालाई आमाको भत्ता कुर्नु पर्ने बनाएछ भन्ने कुराले मन पोलिरह्यो।
थैली खोल्दै ऊ फूलमाला , पूजासामाग्रीमा खर्च गर्दै थियो । दर्शन सकेर बजारतिर लाग्यौँ । सुन पसलमा अडिएर उसले भन्यो, “आमा! पोहोर साल राम्रो जन्तर लाउने रहर गर्नुभएको थियो नि ! ´´
ऊ सँग पैसा नभएको थाहा पाएकी थिएँ । भो भन्दा पनि कर गर्यो। एउटा जन्तर किन्यो। पैसा तिर्ने बेला भयो। गोजिबाट स्वाट्ट फोन झिक्यो। एकछिनपछि पसलेको फोन र उस्को फोन साटासाट गरे जस्तो लाग्यो। ” फेरि यसले के कैफियत गर्यो ?” जस्तो लाग्यो। बिस्तारै सोधें , “बाबु !अनि यो जन्तरको पैसा तिर्नु पर्दैन?´´
ऊ हाँस्दै बोल्यो “आमा ! फोनबाटै तिरी सकेँ ।
म भने सोचमग्न भएँ , “ यति सानो फोनमा त्यत्रो पैसा कसरी अटायो होला?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

21 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

21 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago