अभि सुवेदीले बालबालिकाका नाममा लेख्नु भएको खुला पत्रः


अभि सुवेदी

प्यारा भाइबहिनीहरु,
नमस्कार !
तिमीहरू के राम्रो, के नराम्रो छुट्याउन सक्ने भएका छैनौ । त्यसैले ठुलाको अर्ति र उपदेश ध्यानपूर्वक सुन्ने र अनुशरण गर्ने गर्नुपर्छ । कहिलेकाहीँ त्यस्ता सल्लाहहरू दिक्कलाग्दा पनि हुन सक्छन् तर, त्यस्ता उपदेशमा जीवन बदल्न सक्ने शक्ति र सामर्थ्य लुकेका हुन्छन्
हामी सबैको पहिलो गुरु आमा हुन् । उनको अर्ति सधैं शिरोपर गर्नुपर्छ । म पनि मेरी आमाको प्रेरणाले यहाँसम्म आइपुगेको हुँ।त्यहि प्रभावले आज पनि झण्डै ४६ वर्षदेखि मैले विश्वविद्यालयमा पढाएका संसारभर छरिएका मेरा विद्यार्थी र इष्टमित्रको मायामा रमाइरहेको छु । समाजमा अनेक खाले मान्छे बस्छन् । कोहि गलत बाटोमा हिँडिरहेका हुन्छन् । ति गलत मानिसको संगत गर्नुहुँदैन । असल मित्र बिस्तारै थपिँदै जान्छन् ।
म पूर्वी नेपालको तेह्रथुम जिल्लाको साब्लाखुमा २००२ सालमा जन्मिएँ । मेरो बाल्यकाल र अहिले तिमीहरू हुर्कँदै गरेको समयमा धेरै फरक छ । हाम्रो पालामा पढ्ने किताबसम्म हुँदैनथे । खरीले कालो पाटीमा लेख्नुपथ्र्यो । अहिले तिमीहरूले पाउनेजस्ता थरिथरिका शैक्षिक सामाग्री कहाँ थिए र ? त्यतिबेला आजको जस्तो कम्प्युटर,मोवाइल,टेलिभिजनको कल्पनासम्म पनि गर्न सकिँदैनथ्यो।
मेरो समयमा पढ्ने सामान नपाएर हैरान हुन्थ्यो, अहिले छान्न नजानेर समस्या थपिएको छ।लगातार टेलिभिजन हेरेर बस्नु राम्रो होइन । टेलिभिजन हेर्न निश्चित समय छुट्याउनुपर्छ । टिभीमा के हेर्ने भन्नेबारे आफुभन्दा ठुलासँग सल्लाह गर्नुपर्छ । बहादुरीका कथा,दया र कल्याणका कथा हेर्नुपर्छ। संयोगान्त कथाहरू हेर्नुपर्छ । धर्मका विषयमा चाख लाग्छ भने अभिभावकसँग बसेर महाभारत हेर्ने गर्यो भने तिमीहरूको ज्ञानको दायरा बढ्छ । कोठाभित्र एक्लै कम्प्युटर र मोबाइलमा गेम खेलेर बस्नु स्वास्थ्यका दृष्टिले पनि भयानक हुन्छ । खेल्दा समुह बनाएर खेल्नुपर्छ । प्रकृृति पनि एउटा पाठशाला हो । त्यसकारण घर र विद्यालय हाता बाहिरको वातावरण बारे पनि ज्ञान हुन उत्तिकै जरुरी छ। कुनै पनि काम जानेर बेफाइदा हुँदैन । तिमीहरूले सिकेको कुरा संस्कार भयो भने मात्रै उपयोगी हुन्छ ।
किताबमा भएका कविता भाका हालेर पढ्न सिक्नुपर्छ । कविता कण्ठस्थ पार्ने बानीको विकास सानैदेखि भयो भने ठुला कक्षामा जस्तोसुकै सुत्र पनि हाउगुजी लाग्दैनन् । तिमीहरूसँग भेट भएका बखत मैले सानैमा पढेका कविताहरू सुनाउँला । अक्षरहरू सफा र चट्ट पारेर लेख्ने गर्नुपर्छ, यो जीवनभर काम लाग्ने हुन्छ । भाषामा दख्खल राख्नुपर्छ ।
पैसा फुरमास गर्ने बानी पटक्कै राम्रो होइन नि ! दक्षिणा, उपहार आदी बाट प्राप्त रुपैयाँ, खेलौना, लुगाकपडा जस्ता सामानमा भरसक खर्च गर्नु हुँदैन । त्यसलाई जोगाएर किताब किन्ने बानीको विकास गर्नुपर्छ । भविष्यमा एउटा ठुलो लाइब्रेरी आफ्नै घरमा बनाउँछु भन्ने अठोट लिएर अघि बढे सम्भव हुन्छ । किताबहरू जहिले पनि काम लाग्छन् । मेरो लाईब्रेरीमा म आफैँले लेखेका, विश्वविद्यालयमा पढाएका र अन्य हजारौं देशी-विदेशी किताब छन्। मैले घरैमा पढ्न शुरु गर्दा मेरी आमाले भेला गरिदिनुभएका किताब पनि मेरो घरको लाइब्रेरिमा छन् । आजकल मेरो कोठा कक्षाकोठा जस्तै भएको छ । रिटायर्ड लाइफमा किताबहरू मेरा गुरु र साथी भएका छन् ।
तिमीहरूको उमेर जीवनको सुरुवाती अवस्था हो । यस्तो उर्जाशील समयमा कुनै पनि कुराले दुखी र विचलित हुनु हुँदैन । हामीले आफ्नो समयमा केहि नयाँ र असल काम गर्न सक्यौं भने मात्र यो क्षणभङ्गुर जीवनले सार्थकता पाउँछ । तिमीहरूले नराम्रो र असजिलो लागेका कुराहरू नजिकका दौँतरी, अभिभावक र नातेदारलाई सुनाएर समाधान गर्नुपर्छ । आफ्नो रुची खुलस्त भन्नुपर्छ । कहिलेकाहीँ अभिभावकको मात्र चाहना र करकापले गरेको कामले सही परिणाम नदिन पनि सक्छ । तिमीहरूलाई माया गर्ने,
अभि सुवेदी

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

19 hours ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

20 hours ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

20 hours ago

सफलता

उमानाथ दाहाल "यसपटक पनि मेहनत नै नपुगे जस्तो देखियो।" लोकसेवा आयोगले लिएको नासुको परीक्षामा असफल…

20 hours ago

“पार्क घुम्न जाँदाको रमाइलो”

  रञ्जुश्री पराजुली अमेरिका पार्क घुम्न जाँन रमाइलो लाग्छ एक्लै हैन घुम्न जाने साथी सङ्ग…

2 days ago

मल्लिका

रीता मिश्रा तिवारी भागलपुर,बिहार सानैदेखि सुनेको हो कि..कश्मीरलाई धर्तीको स्वर्ग भनिन्छ। यहाँको हावापानी, प्राकृतिक सुन्दरता…

2 days ago