लालबन्दी,
सर्लाही
“हामी भागौँ । यो मानिसले हामीलाई मार्न पनि सक्छ” पोथीले भनी । एउटा रुखको हाँगामा एकजोडी परेवा बसेर गफ गर्दै थिए । यस्तैमा एउटा मानिस त्यही रुखको बाटो हुँदै आएको देखेर पोथीले भालेलाई सचेत गराई ।
भालेले भन्यो, “यो मानिस हेर्दा भलाद्मी छ । यो सँग हामीलाई हान्ने धनुष पनि देखिदैन । फेरि यसको पोशाक पनि शिकारीको जस्तो छैन ।”
यति भालेको कुरा सुनेपछि पोथी पनि ढुक्क भई । तर जब त्यो मानिस नजिकै आयो कपडा भित्रबाट धनुष निकाल्यो र भालेलाई हान्यो । भाले त्यहीं मर्यो । पोथीले उडेर ज्यान जोगाई । पोथीलाई बहुत अन्याय भएको महसुस भयो । उसले राजाकोमा उजूरी गरी । राजाले तुरुन्तै शिकारीलाई पक्रेर ल्याउने आदेश दिए ।
राजाले पोथीलाई भने, “ल अब यो शिकारीलाई तिमीले भनेको सजायँ दिन्छु म, भन ।”
पोथीले भनी, “म यो क्रुर शिकारीलाई यति नै सजायँ दिन्छु कि अब आइन्दा यसले शिकारीले लगाउने पोशाक नै लगाएर हिडोस् ताकि अब अरु पंक्षीले झुक्किएर मर्नु नपरोस् । सरिफ मानिसको भेषमा नहिडोस् । सज्जनको भेषमा हिडेर निच कर्म नगरोस् ।”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…