Categories: बाल कथा

छद्मभेषी

लालबन्दी,
सर्लाही

“हामी भागौँ । यो मानिसले हामीलाई मार्न पनि सक्छ” पोथीले भनी । एउटा रुखको हाँगामा एकजोडी परेवा बसेर गफ गर्दै थिए । यस्तैमा एउटा मानिस त्यही रुखको बाटो हुँदै आएको देखेर पोथीले भालेलाई सचेत गराई ।
भालेले भन्यो, “यो मानिस हेर्दा भलाद्मी छ । यो सँग हामीलाई हान्ने धनुष पनि देखिदैन । फेरि यसको पोशाक पनि शिकारीको जस्तो छैन ।”
यति भालेको कुरा सुनेपछि पोथी पनि ढुक्क भई । तर जब त्यो मानिस नजिकै आयो कपडा भित्रबाट धनुष निकाल्यो र भालेलाई हान्यो । भाले त्यहीं मर्यो । पोथीले उडेर ज्यान जोगाई । पोथीलाई बहुत अन्याय भएको महसुस भयो । उसले राजाकोमा उजूरी गरी । राजाले तुरुन्तै शिकारीलाई पक्रेर ल्याउने आदेश दिए ।
राजाले पोथीलाई भने, “ल अब यो शिकारीलाई तिमीले भनेको सजायँ दिन्छु म, भन ।”
पोथीले भनी, “म यो क्रुर शिकारीलाई यति नै सजायँ दिन्छु कि अब आइन्दा यसले शिकारीले लगाउने पोशाक नै लगाएर हिडोस् ताकि अब अरु पंक्षीले झुक्किएर मर्नु नपरोस् । सरिफ मानिसको भेषमा नहिडोस् । सज्जनको भेषमा हिडेर निच कर्म नगरोस् ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

20 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

20 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago