Categories: कविता

“कमिलाको ताँती”

गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ

कमिलाको ताँती
कति धेरै आँटी
नडराएर रत्तिभर
हिँड्छन् सरासर।

दुलाबाट आउँदै
लस्कर बनी धाउँदै
नियम खुब मानेर
अघि बढ्छन् जानेर।

हिलो आए लपक्क
छली हिँड्छन् थपक्क
समूहमा रमाउँदै
फूर्ती खुब जमाउँदै।

एकताको मालामा
उनिएको चालामा
शत्रु देखे डराउन्नन्
लाचार भई हराउन्नन्।

घिउजस्ता दाना
बोकी हिँड्छन् खाना
अल्छी छैनन् फिटिक्क
जिस्काए टोक्छन् किटिक्क।

सानासाना ज्यानले
सोचिकन ज्ञानले
बनाउँछन् राम्रो घर
एकअर्काको गर्दै भर।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

36 minutes ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

50 minutes ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

24 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago