सरिता पराजुली
चन्द्रागिरि -१५ काठमाडाैं

रूखमा थ्याे सानाे घर शिर ओताउने
पानी पर्याे सबै भिज्याे छैनन् जाेगाउने ।
मानिस त ठुला ठुला महलमै बस्छन्
हामी साना चरीलाई न देखेझैं गर्छन् ।

ठुला घरकाे दलिनमा बस्याे भने पनि
लठ्ठी देखाई भगाउँछन् फाेहर गर्याे भनी ।
मान्छे धेरै अहङ्कारी लाेभी पापी देखेँ
बल्लतल्ल ओत लाग्ने झुपडी पाे भेटेँ।

झुपडीका मान्छेहरू हँसी खुसी देखेँ
रिस राग छल कपट नभएकाे भेटेँ
थालमा छ खाने दाना कचाैरामा पानी
बाेलाउँदै खाऊँ भन्छन् साना साना नानी ।

हँसिला र रसिला ती मानिसका जात
धन सम्पत्ति भए पछि लाग्दाे रैछ मात
दया माया प्रेम सद्भाव हराएर गयाे
त्यसैले त आआफैँमा भाँड भैलाे भयाे ।

सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

12 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

12 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

2 days ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago