Categories: बाल कथा

अपमान!

सुरेशकुमार पाण्डे
दाङ घोराही

हाम्रो समाजमा बाल बालिकाहरूलाई शिक्षित् पार्नु पहिलो पार्थमिक्ता हुनुपर्छ ! -बिनाररामले चिन्ता व्याक्त गर्दै भने।’ “हुनलाई हो सर! तर अभिभावकलाई त्यो भन्दापनि पहिल्यै सचेत गर्नुपर्द छ। अहिले निजी विद्यालयमा चर्को खर्च गरेर अभिभावकले बच्चाहरू पठाउँछन्। तर सरकारी स्कुलमा पठाउँन मान्दैनन् । यसको कारण पत्ता लगाउँनै पर्छ। मास्टर लालुले भने।’ अभिभावकहरूलाई पनि बोलाएको आजको मिटिङ्गमा तर खासै उपस्थिति हुनसकिन!-लालुले थपे।’

गोबिन्द बहादुर स्कुलको मिटिङ्गमा नमस्ते गर्दै हाजिर भए। उनी गाउँका एकजना बृद्धा चिन्तक थिए। ए केटा त्यहाँबाट कुर्सी लिएर आ छिट्टै!-बिनारामले एकजना विद्यार्थीलाई अह्राए!’ विद्यार्थीले नबोली नबोली कुर्सी टकार्यो। सुन त तिमीले सबैलाई पानी पिलाउ है ! ए लक्ष्मण जाउ दूधलिएर चार पाँच कप चिया बसाल !-विनारामले विद्यार्थीलाई हकार्दै भने।’ ती दुबै बालखका अभिभाबकहरू ट्वाल्लपरेर हेरिरहेकाथिए। किन अभिभावकले बालबालिका स्कुलमा पठाउँदैनन् भन्नेकुराको खोजीगर्न कतै जानुपर्दैन मास्टरजी आफ्नै व्यवहारको मूल्यांकन गरे प्रष्ट हुन्छ । शिक्षित अभिभावक र बालबालिकालाई भन्दापनि पहिल्यै हामीले आ आफ्नो व्यवहारमा सुधार गरौँ !’ गोबिन्दले सभामा यही कुराभन्दै बिटमारे।’ बच्चाहरूले टररर ताली पिटे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

2 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

2 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago