Categories: बाल कथा

कर्मको_फल

मुरारीराज मिश्र

भीष्म पितामह रणभूमिमा शरशैयामा लडिरहेका थिए । अलिकति यताउती सर्दा शरीरभित्र पसेका तीरहरूका कारण ठूलो पीडा हुनुका साथै रगतको धारा बग्थ्याे ।
यस्तो अवस्थामा सबैजना उनलाई भेट्न आएका थिए । श्रीकृष्ण पनि दर्शन गर्न आएका थिए ।
कृष्णलाई देखेर भीष्मले मुसुक्क हाँस्दै भने ‘हे जगन्नाथ आउनुस् ! मलाई भन्नुहोस्, मैले त्यस्तो के पाप गरेछु, जसको लागि मलाई यति भयानक सजाय प्राप्त भयो ?´
कृष्णले भन्नुभयो `पितामह ! तपाईँसँग आफ्नो पूर्वजन्म हेर्न सक्ने शक्ति छँदैछ ! त्याे त, तपाईँ आफैले पनि देख्न सकिहाल्नु हुन्छ नि !´
भीष्म : `देवकी नन्दन ! मैले अहिलेसम्म आफ्ना १०० जन्म हेरिसकेको छु, ती १०० जन्महरूमा एउटा पनि कर्म त्यस्तो गरेको छैन, जसको फलस्वरूप मैले याे अवस्थामा रहनुपर्ने हाेस् !´
कृष्ण : `हे कुरुश्रेष्ठ ! यदि तपाईँ अझै एक जन्म पछाडि जानुभयो भने, तपाईँले आफ्नो जवाफ पाउनुहुनेछ ।´
भीष्मले ध्यानदृष्टिले हेरे । देखे कि, १०१ ओैँ वर्ष पहिले उनी एक नगरको राजा थिए । एकदिन आफ्ना सिपाहीहरूको समूहसँग बाटोमा कतै जाँदै गरेको बेला, एक सिपाही दौडिएर आयो र भन्यो, “महाराज ! बाटोमा एउटा सर्प पुरै बाटो ढाकेर लमतन्न सुतिरहेको छ, हाम्रो फौज त्यसमाथिबाट गयो भने त्याे मर्छ !´
राजाले भने- “एउटा काम गर, त्यसलाई काठले बेरेर उठाउ र झाडीमा फालिदेऊ।´ सिपाहीले राजाज्ञाकाे पालना गरे । सर्पलाई लट्ठीमा बेरेर झाडीमा फालियो ।
दुर्भाग्यवश, झाडी काँडेदार थियो। त्यसमा सर्प अड्कियो । काँडाबाट बाहिर निस्कने जति कोशिस गर्याे, सर्प त्यति नै फस्दै गयाे । उसको शरीरमा काँडाहरु अड्किएर रगत बग्न थाल्यो । पाँच-छ दिनको कठाेर पीडापछि उनको जीवन समाप्त भयो ।
भीष्मः `हे त्रिलोकी नाथ ! तपाईँलाई थाहा छ कि, मैले उसलाई जानाजानी मार्न खाेजेकाे होइन । मेरो उद्देश्य त त्यो सर्पलाई बचाउनु थियो ! अन्जानमा भएको त्यस घटनाको किन यस्ताे भयङ्कर परिणाम ?´
कृष्ण : `तातश्री ! चाहे जानाजानी वा नजानेर गरेपनि, कर्म त भयो नै ! सर्पले आफ्नो ज्यान गुमायाे । हामीले जुनसुकै काम गरे पनि त्यसको परिणाम ढिलाेचाँडाे भोग्नैपर्छ भन्ने विधिको विधान छ । तर, तपाईँको पुण्य यति बलियो थियो कि त्यो पापको परिणाम देखिनका लागि यसले १०१ जन्मकाे समय लियो तापनि अन्ततः त्यो त भाेग्नै पर्यो !´

शिक्षा : हामीले पनि हाम्रो कर्मको फल अवश्य भोग्नुपर्छ । त्यसैले, हरेक दिनको गतिविधि सावधानीपूर्वक गराैं । जय श्री कृष्ण

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

13 minutes ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

1 day ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

1 day ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

2 days ago

बाढी

रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…

2 days ago