Categories: कविता

“परिपक्व”

उषा गुरुङ्ग

गरिबीको चपेटामा परी
जब बालक हुर्कन्छ
न हुन्छ देहमा लुगा
न पेटमा हुन्छ अन्न
नाङ्गो देह पाउ हुन्छ
चप्पलविहीन खाली
जाडोमा शित लहरी
ठिराउने मुटु काम्ने
भोको पेट अन्न नपरेको
सडकमा हिड्छ यताउती
दयाको भिख कसैले
दिन्नन्
केवल भेट्छ उसले
दुनियाँको उपहास
तुच्छ वचनका फेहरिस्त
स्कुल पढ्ने अभिलाषा
टुसाउदै पलाउँदै मलजल
विहीन मरूभूमिको झार
झै जबरजस्ती हरियोपन
ल्याउन खोज्छ
संम्भ्रान्तका लात बात टोक्सो
शिकार बन्दै जीवनलाई
संघर्षको मैदानमा उतार्न
कहिल्यै हरेस खाँदैन
दुःख, पीडा, व्यथा,
भोक, तिर्खा सबैसँग
पराजित हुदाँ हुदै
त्यो बालक एक होनहार
परिपक्व समाजको
असल नागरिक बन्दछ
जीवनलाई सुखले हेर्ने
आँखा भन्दा दुःखले नै
परिपक्व मान्छे बनाउँछ
सुखमा हुर्कने बालक
असल मान्छे बन्न कठिन छ।

सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

53 minutes ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

1 hour ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

1 hour ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

1 day ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

1 day ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago