Categories: बाल कथा

सन्तानलाई सम्पत्ती कि संस्कार ?

उषा गुरुङ्ग

एउटा चोरलाई फाँसीको सजाय दिन उभ्याइएको बखत उसलाई अन्तिम प्रश्न सोधियो – “तँलाई अबको आधा घन्टापछि मृत्यु दण्ड दिइन्छ , ल भन् तेरो अन्तिम इच्छा के छ ?”
चोर -” मलाई मेरो आमालाई भेट्ने इच्छा छ ” भने।
उसको आमालाई झिकाइयो।
आमालाई देखेर छोरो रूँदै अँगालोमा बेरिएर भन्यो – ” आमा मलाई एक झापट मेरो गालामा हान्नुस्। “आमाले कसरी हान्न सक्थिन् त्यस बेला। त्यसपछि छोरोले आमाको हात च्याप्प समातेर आफ्नो गालामा चढकन लगायो , रूँदै रूँदै आमालाई चोरले भन्यो – ” आमा यही हात त्यसबेला जुन बखत मैले छिमेकी साँइला दाइको खेतबाट घाँस चोरेर ल्याए , उसको छोराको कापी पेन्सिल चोरी गरेँ , मलाई स्याबासीको ठाउँमा गालामा चढकन हान्नु भएको भए सायद आज म चोर बन्दिन थेँ । मैले सामान चोरदै ल्याउँदा आमा हजुरले दिएको स्याबासीले म आज मर्दैछु । यो मृत्युको कारणको पूर्ण जिम्मेवार म होइन आमा हजुर नै हो ।”
यति भनेको सुनेर आमा रोएर मुर्छित भइ लडिन् । छोरो मृत्युको काखमा।
हरेक सन्तानको प्रथम गुरु उसको जन्म दिने आमा हुन् । त्यसैले आमाले आफ्नो सन्तानलाई प्रत्येक पल सही शिक्षा दिनु जरूरी छ । सम्पत्ती त नष्ट भएर जान्छ तर संस्कार जीवन पर्यन्त रहने चिज हो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

12 minutes ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

1 day ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

1 day ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

2 days ago

बाढी

रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…

2 days ago