चूडामणि नेपाल ‘अकिञ्चन’
विराटनगर १

‘जसलाई जे जे गर्न मन लाग्छ गर, तर म बाँचुञ्जेल टेक्न र छुन पनि दिन्न, बेच्न र भाग लाउन त परै जाओस।’ कुश पनि अंशकै रुपमा काटन खोजेका र आँगनमा मुठा पार्दै गरेका दुई दाजुभाइको झण्डै कुटाकुट भएको । आमाले छुट्याइन। जेठा कमलोपाध्या बारीबाट अँगालोभरी कुश काटेर बाउको मुख हेर्ने दिनमा पनि नबोली डेरातिर लागे।
बाउ कृष्णपाध्याका झण्डै सयजना जजमान। सबै आफैँ भ्याउन खोज्थे तर सक्दैनथे । ‘बुवाले भनिदिनु पर्यो नि को कहाँ जाने ? माईलो छोराले मुख खोल्यो।’
‘तिमीहरुले आफ्ना जजमान आफैँ आफैँ कमाउने मेरो कसैले चासो राख्नु पर्दैन।’ अर्कोपटी फर्खेर बुढा जङ्गिए । जाने बेलामा कान्छोले खुट्टामा ढोग्न खोज्यो बुढाले झण्डै लात्तले बजारेका आमाले छुट्याइन।
तीनै जना छोरालाई कृष्णपाध्याले आफुजस्तै पण्डित बनाए । बिवाह पछि छोराहरु बदलिए र अंश मागे र हेरचाह समेत गर्न छाडे भन्ने उनको गुनासो गाउँले र छर छिमेकले दिनभरी सुन्नु पर्थ्यो । पहाडको सबै खेतबारी बेचेर ल्याउँदा जोडेको पाँच कठ्ठा जग्गामा लहरै घर बनाओभन्दा कसैले मानेनन् ।
‘बुवा म लगिदिन्छु नि हजुर किन दुःख गर्नुहुन्छ । अव त आराम गरेर बस्नुहोस । मलाई जिम्मा लाए भइगयो नि ।’ ‘तँ बजिया पनि कम छैनस, अब त तँ मेरो कर्मको पनि अंश खोज्ने भइस ।’ ‘होइन बुवा त्यसरी किन रिसाउनु भएको म सहयोग गर्छु पो भनेको ।’ माइलोले फकायो ।
‘दुई हजार दिन्छु भन् न मान्नुहुन्छ ।’ आमाले चिया दिँदै खुसुक्क छोराको कानमा भनिन् । दुईहजार रुपैया हातमा राखेर छोराले बुवालाई ढोगिदियो । अहिले भने बुढाले केही प्रतिकार गरेनन् ।
‘सधैँ छोराहरु रिसाउँछन् हाम्रो घरमा त चाडपर्व पनि नआएजस्तै हुन्छ । उनीहरुको पनि त व्यवहार बढ्यो, समस्याहरु थपिए। यो जगा जमिन अव कस्ले खान्छ ? हामी अस्ताउँदो डाँडाको जून भईसक्यौँ, हाम्रो शेष पछि झन ठूलो कलह हुन्छ किन बुझ्नु हुन्न ?
‘तिमी चुप लाग नाथेहरुलाई म कर्म सिकाउँदै छु ।’ उनी सुटुक्क पूजा कोठातिर छिरे ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

19 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

19 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

19 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago