Categories: कविता

“बा”

कुशे औँशीमा बाहरूलाई सम्झदै

निर्मला बराल

आकाश झैं विशाल “बा” को छाती
क्षितिज झैं फराकिला काँध
जीवनभर बाेक्छन्
परिवारकाे अभिभारा
दिनरात बगाउँछन् पसिना ।
उन्नत बनाउँदछन् सन्तानको भविष्य
शुन्य बनी आफू
मूल्यवान बनाउँछन् सन्तानलाई
आकाशमा फैलिएका बादल हुन “बा”
दिन्छन् सुरक्षाका प्रत्याभूतिहरू
स्तम्भ झैं बलवान् “बा”
घरको जग बनेर उभिएका छन्
विचारकाे खानी मस्तिष्कमा लिई
हाम्राे जीवनरेखा काेदर्छन्
नदि झैं कन्चन
प्रेमकाे मीठाे सन्देश बाेकी
अविरल बगिरहन्छन् “बा”
घामसरि पाेखिएर
न्यानाेपन दिन्छन्
आकाश बनेर
चलाइरहन्छन् याे सृष्टि निःस्वार्थ
संसारकाे प्रेरणाको स्रोत
तिमी छाै र त “बा”
याे धर्ती छ।

सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

13 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

13 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

3 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

3 days ago