Categories: कविता

“कलम कापी र म”

केशवराज अधिकारी
मध्यनेपाल ७,लमजुङ

कलम र कापीको
झगडा छ तगडा।
म ठूलो कि तँ ठूलो
भन्दै गर्छन् लफडा।

कापी भन्छ म ठूलो
पूजा गर्छन् ढोगेर।
म नभए के मा लेख्छौ?
लौ भन त सोचेर।

म नभए तिम्रा पाना
हुन्थे खाली खाली।
अ आ इ ई क ख ग घ
के मा लेख्थ्यौ जाली ?

कापी बोल्यो आफ्ना पाना
देखाएर फरर।
म छु ठूलो तिमी छेस्को
ठुला कुरा नगर।

ज्यान ठूलो बुद्धि सानो
तिमी जस्तो म छैन।
सानो छु म तर पनि
हार खाने म हैन।

नगर भो झगडा
मेरै झोला भित्र छौ।
कुनै सानो ठूलो छैनौ
दुबै मेरा मित्र हौ।

कलम,कापी दुबैको
मलाई खाँचो उत्तिकै।
लेख्न थालेँ सरासर
म त उठ्ने बित्तिकै।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

1 hour ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

2 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago