Categories: कविता

“बिरुवा रोप्न थालौँ”

घनश्याम रेग्मी

बर्खा लाग्यो झमझम गरी हेर वर्षा भएको
खोला नाला नहर कुपमा धेर पानी बहेको
हाम्रो माटो नरम अब भो लौ न खाल्डो बनाऔं
फल्ने फुल्ने असल बिरुवा आज नै रोप्न थालौँ ।

हाम्रा मान्छे मल जल बिना बोट जस्तै सुकेका
पाए हुन्थ्यो रसिक फल ती पोष धेरै भएका
आजै हामी सब जन मिली बोट बेर्ना लगाऔं
माटो रोक्ने जमिन मलिलो गर्न पोथ्रा जगाऔं ।

बाजा बज्छन् घनन नभमा शंखको नाद जस्तै
पूजा गर्ने सुमन कलिला टिप्न लौ लाग भन्दै
यै मौकामा सब जन मिली पुण्यका कर्म थालौँ
फल्ने फुल्ने असल बिरुवा आज नै रोप्न थालौँ ।

माटो कोर्दै भुवन भरमा रङ्ग भर्ने हलो यो
सारा धर्ती सम नजरले राज गर्ने थलो यो
यो धर्तीको रमण गहना आज तैयार पारौँ
धर्ती सज्ने ललित बिरुवा आज नै रोप्न थालौँ ।

धर्ती धान्ने अमृतसरिको धान रोप्ने पला यो
मानो रोप्दै रसमय मिठो गीत भन्ने गलाको
यो मौकामा असल सलिफा दाखका बोट लाऔं
नौला नौला असल बिरुवा भूमि खोस्री लगाऔं ।

पानी हालौँ टलपल भरी खेतको यो गरामा
जोत्दै खन्दै दबदब हिलो धान रोप्ने पलामा
रोपार्नीले छुपुछुपु गरी रोप्न थाल्दा सघाऔं
यो बेलामा सब जन जुटी बोट बेर्ना लगाऔं ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

2 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

3 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago