Categories: कविता

“फुल्छन् खेत किसानका रहरमा”

शान्ति सिग्देल

शार्दूलविक्रीडित

कालो बादल वर्षिएर झरना छाँगा र खोलीहरू
बन्दैछन् हरिया र शान्त रसिला कान्ला र आलीहरू
प्यारो यो अनुकूल मौसम हुँदा आनन्द मानीकन
फूल्छन् खेत किसानका रहरमा हाँसेर दैनन्दिन।

Farmers plant paddy saplings in Belbhanjyang of Tanahun district on Sunday, June 26, 2016. Photo: Madan Wagle

माटोमा पसिना मुछेर अहिले गर्छन् सबै गौरव
बाँझो खेत खनेर बीजन छरी गर्छन् बडा उत्सव
देखिन्छन् पहरा र पर्वत सबै आषाढमा नन्दन
फूल्छन् खेत किसानका रहरमा हाँसेर दैनन्दिन।

मस्किन्छन् वन बागमा तरु लता हावासँगै सुन्दर
साँच्चै स्वर्ग समानको समय यो खोजेर पाइन्छ र?
घुम्टोमा सजिँदा धरा मनहरा लोभिन्छ सारा मन
फूल्छन् खेत किसानका रहरमा हाँसेर दैनन्दिन।

भुल्छन् भोक र प्यास हा!कृषकले छन् कर्ममा तत्पर
रोपी मानु फलाउँछन् सय मुरी छैनन् कतै निर्भर
बाटोमा वनमा सुधासरि मिठा छन् चाँचरी गुञ्जन
फूल्छन् खेत किसानका रहरमा हाँसेर दैनन्दिन।

पोख्छ्यौ के यसरी सधैँ अवनिमा वर्षातको मौसम
पानी हो वन वृक्ष वा प्रकृति यो आह्लाद पार्ने धन
माटो मित्र बनाउँदै मनुजले गर्छन् सधैँ आर्जन
फूल्छन् खेत किसानका रहरमा हाँसेर दैनन्दिन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

3 minutes ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

34 minutes ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago