कमला घिमिरे अधिकारी
लमजुङ, बेसीशहर हाल:- काठमाडौं, टोखा
हेर्दा सानो फुच्चे फुच्चे
कलम हो नाम मेरो
ज्ञान गुणका कुराहरु
फैलाउने काम मेरो।
सुनेका ~ कुराहरु
पक्का हुन्छन् देखेपछि
भविष्यमा पढ्न मिल्छ
राम्रो बनाई लेखेपछि।
त्यसका लागिअत्यावश्यक
साधन म बनिदिन्छु
कापी साथी चाहिन्छ
लेखिदिन्छु, भनिदिन्छु।
खल्तिमा नि अटाउँछु
झोलामा नि बसिदिन्छु
ख्याल राख्न नसके
हराउँछु, खसिदिन्छु।
सहारामा चल्दछु म
आफैँ चल्ने बानी छैन
फुच्चे फुच्चे तिखो चुच्चे
धेरै ठाउँ चाहिदैन।
थरिथरि बिशेषता छन्
धेरै काम गर्न सक्छु
चित्रलाई राम्रो पार्न
रङ्ग पनि भर्न सक्छु।
शब्दलाई आकार दिन
पेट भरि हुनुपर्छ
तिखो,चुच्चो भागले
कापीलाई छुनुपर्छ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…