Categories: बाल कथा

फाेटाे

सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं

“पाेले पनि घामै जाति पिटे पनि आमै जाति “भनेझैँ एकदिन प्रियाले आफ्नी ममीले लुगाहरू झाेलामा राख्दै गरेकाे देख्छे र साेध्छे-“फेरि आज कहाँ जाने ममी ?”याे सुनेर ममीले भन्छिन्-“म केही दिनका लागि बाहिर जाँदैछु । तिमी बाबासँग बस है । म ८-१० दिनमा आइहाल्छु।” प्रियालाई याे कुराले असैह्य पीडा हुन्छ र भन्छे- “नाई, म पनि जान्छुसँगै ।” तिम्राे पढाइ चलिराखेकाे छ म पछि लैजान्छु नि। बाबासँग राम्राेसँग बस । वास्तवमा ममी मामाघर जाँदै थिइन्। केटाकेटीका लागि मामाघर पनि उत्तिकै प्याराे हुन्छ । ममी गएकाे धेरैबेरसम्म पनि एक्लै काेठामा बसेर ऊ राेई रहेकी थिई।
राति सुत्नेबेलामा दराजबाट ममीकाे फाेटाे झिकेर सिरानीभित्र लुकाई र सुति। भाेलिपल्ट ओछ्यान मिलाउँने क्रममा हजुर आमाले चिरा चिरा भएर फुटेकाे फाेटाे देख्न पुग्छिन्। याे देखेर उनी झस्किन्छिन् र नातिनीलाई बाेलाएर साेध्छिन्- “तिमीले ममीकाे फाेटाे सिरानी मुनि राखेकाे हाे?” उसले भनी-“हाे।”किन यस्ताे गर्याै त भनेर साेध्दा उसकाे जवाफ थियाे-“ममीकाे याद आएर।” सिसा त फुटेछ नि भन्दा उसले भनी-“सिसा पाे फुटेकाे ममीकाे फाेटाे त फुटेकाे छैन नि।” याे सुनेर हजुर आमा अवाक् भइन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

21 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

21 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

21 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago