Categories: बाल कथा

भोकको दण्ड!

सुरेशकुमार पाण्डे
दाङ घोराही

“आनन्द सर ! यो केहो ? यति सानो बालकलाई किन यस्तो दण्ड सजाय दिनु भएको ?”-रविलाल आश्चार्य हुँदै प्रश्न गर्छन्। “के भनौँ यो एक नम्वरको चोर फटाहा छ।”-आनन्दले सटिकमा भन्यो। कुल आठ वर्षको बालकलाई मुर्गा बनाएर उसको माथि ढुङ्गाको चक्का राखेका थिए। ऊ रोई रहेको थियो। बाँकी क्लासका बाल बालिका चुपचाप थिए। यस्तो लाग्थ्यो! मास्टर आनन्दको उनीहरूमा काफी खौफ थियो। “उठ चोरी गर्छस् गर्दैनस् अब ?”-आनन्दले केटाको माथि राखेको ढुङ्गा हटाउँदै खकार्यो। ऊ पसिना आँसु र नाकबाट चुहेको सिंगान कमिजको बाउलाले पुछिरहेको थियो। “भन! फेरि चोर्छस् ?”-आनन्दले फेरी हकार्दै भन्यो। ऊ रातो पिरो भयो; बोल्न सकेको थिएन्। टाउको घुमायो र चोर्दैिनको सङ्केत दियो। ” रवी आर्कै स्कुलको स्टाफ थियो। रविले बालकले के चोरेको होला मनमनै सोंचिरहेको थियो। स्कुल ड्रेसपनि धेरै मैलो थियो। ऊ सारै गरिब घरको बालक देखिन्थ्यो। “बाबु! के नाम हो तिम्रो? आनन्द अर्को रूममा गएको वेला रवीलालले सोध्यो। “नरे”-उसले सटिकमा भन्यो “के चोरेका थियौ नरे तिमीले ? मलाई भन म केही गर्दिन।”- अंकल नरेले ऊ त्यो भाइको नास्ता चोरेर खाएको हो!”-नजिकै बसेको आर्को एकजना बालखले रवीको कुरा बिचैमा काटेर भन्यो। “नरे तिम्रो बाबाले के काम गर्नुहुन्छ ?-रवीलालले उसलाई आफुतिर तान्दै सोधे। “बा मर्नु भयो , आमाले आर्काको घरमा काम गर्छिन्।”-नरेले रूँदै भन्यो। रवीलाल भावुक भयो,अनायसै रविलालका आँखा नम भए। “ऊफ !यो त भोकको दण्ड पो रहेछ।”मनैमन भन्यो र ऊ केही बोल्न सकेन क्लासबाट बाहिरा निस्कियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

19 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

19 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

19 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago