Categories: कविता

“कलम”

विमला निरौला

कलमको शक्ति ठुलो
गर्छ धेरै काम
संसारमा चम्कने हो
कलम बाटै नाम।

कखगघ १२३४
कलम सिकाउँछ
चित्र कोरी धेरै कुरा
कलम देखाउँछ।

विद्या सुरु हुन्छ सबको
कलम समाएर
कलम साथ अघि बढ्नु
पर्छ रमाएर।

कलमले पोख्छ भाव
जब अक्ष्रर बन्छ
अक्षरहरु मिलेर पछी
वाक्यले केही भन्छ।

जहाँ जहिल्यै जे लेख्न नि
कलम अघि सर्छ
साना ठुला निर्णय सब
कलमले नै गर्छ।

संसारमा जता जहिले
जसको पनि साथी
सबैको त्यो हातमा घुम्ने
कलम कति जति !

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

10 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

10 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago