पुण्य घिमिरे
बैत्यश्वर-६, दाेलखा
बगैंचाका फूल, रङ्ग मलाई देऊ,
हावा साथै नाच्ने, ढङ्ग मलाई देऊ ।
जरा काण्ड पात, अङ्ग मलाई देऊ,
बाबा आमा साथी, दङ्ग बनाईदेऊ ।
हर भाँचि दिन्छु, हावासँग सरर,
सुगन्धित बास्ना, वरिपरि हरर ।
पात घुम छाता, छेक्छु दर्के दरर,
उडाउँछू पुतली, आफैं माथि फरर ।
सयपत्री गुलाव, थुँगा थुँगा फुल्नेछु,
जाईजुई सुनाखरी, लहरामा झुल्नेछु ।
ढकमक फुलेर, संसारलाई भुल्नेछु,
कुहिराेमा रूनेछु, घामलाग्दा खुल्नेछु ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…