Categories: बाल कथा

प्रतिशत

तूलसी पण्डित

छोराले बयान्नब्बे प्रतिशत ल्यायो भनेर सान्नानी निकै दङ्ग छ । ऊ सोच्छे मेरो छोरो पढ्नमा निकै तगडा रहेछ । यस्तैमा उसँग सुलोचनाको भेट भयो । सुलोचनाले भनिन् ।
“सान्नानी तिम्रो छोरो कहाँ पढ्छ ?” “मेरो छोरो बोडिङ पढ्छ । बोडीङ्ममा अति राम्रो पढाई हुने रहेछ । अहिले छोराले बयान्नब्बे प्रतिशत ल्याएर पास गर्यो । त्यहाँ पढेका उसका साथीहरुले पनि नब्बे प्रतिशत भन्दा घटी कसैले ल्याएका छैनन् । तर के गर्ने बोडीङ्ममा धेरै खर्च लाग्ने रहेछ । पढाउनै गाह्रो हुने ।”
“मैले सुरुबाटै छोरोलाई सामुदायिक स्कूल पढाएँ । साठी प्रतिसत भन्दा माथि कहिल्यै ल्याउँदैन। त्यति थोरै प्रतिशत ल्याउँदा पनि ऊ जान्नी नै छ । अझ तपाईको बाबुले त्यति धेरै प्रतिशत ल्याउँदा कति जान्ने छ होला है ।”
“हाम्रो छोराले बोडीङ्मा पढे देखि नब्बे प्रतिशत भन्दा घटी कहिल्यै पनि ल्याएन । अहिले तीन कक्षामा पास भयो । अब सामुदायिक स्कूलमा लगेर भर्ना गरिदिन्छु । अनि स्कूलमा सधैँ फस हुनेछ ।”
“सर मैले बाबुलाई यहाँ भर्ना गर्न ल्याएको छु ?”
“ल धन्यवाद हजुरलाई । बाबुको प्रमाणपत्र ल्याउनु भएको छ ।”
“ल्याएको छु सर यी प्रमाणपत्रहरु । बाबुले बयान्नब्बे प्रतिशत ल्याएको छ ।”
“हामी बाबुको जाँच लिन्छौँ । त्यसपछि भनौँला उसलाई कतिमा राख्ने भन्ने कुरा ।”
“हुन्छ सर ।”
“ल तपाईँको बाबुले जाँच दियो।पढाइमा धेरै कमजोर छ। तपाईँ आफैँ कापी हेर्न सक्नुहुन्छ।उसलाई कक्षा चारमा भर्ना गर्दा उसको पढाई निकै कमजोर हुँदै जान्छ।यदि उसलाई राम्रो बनाउन चाहनुहुन्छ भने दुई कक्षामा भर्ना गर्न ठिक हुन्छ। ”
“सर मेरो छोराले बोडीङ्मा बयान्नब्ने प्रतिशत ल्याएको हो कसरी ऊ दुई कक्षामा भर्ना गर्न योग्य भयो ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

9 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

9 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago