Categories: बाल कथा

यौवनको उन्माद!

वासु काफ्ले

प्रवेश अनुमति नमागी अचानक कक्षामा आएको विद्यार्थीलाई शिक्षिकाले “अनुमति नलिई भित्र आएको, के भा’छ तिमीलाई?” भनी सोध्नुभयो । जोहन नबोली बसिरह्यो।
“आर्यन! ल सबैको गृहकार्यको कापी उठाऊ।”


सबैको गृहकार्यको कापी उठाएर आर्यनले मिसका अगाडि टेबुलमा राख्यो । ऊ जोहनसँग कापी माग्न पुग्यो। उसलाई “जोहनले एउटा कसैको कापी देऊ म सारेर बुझाउँछु ” भन्यो।
आर्यनले “गुरुमासँग सोध ” मात्र के भनेको थियो , ” तँ •••! बढी भा’को!” भन्यो र कमिजको कठालो तान्यो।
मिसले ती दुईले हात हालाहाल गरेको देखेपछि नजिकै गएर जोहनलाई उठाउनुभयो। “गृहकार्य देऊ”‐ भन्दा ” “हिजो आएको थिईनँ! ” रिस पोख्दै झर्किएर भन्यो। उसले
अभद्रता देखाकाले उसलाई कक्षाबाहिर जान भन्नुभयो । ऊ फन्किँदै ” मन नपरेपछि बाउआमाको साथमा त बसिँदैन भने यस्तो शिक्षकको मुख हेरेर के बसिरहनु!” भन्दै बाहिर निस्कियो । मिसले ऊ निस्किएर गइसकेपछि बिस्तारै अन्तस्करणको आबाज व्यक्त गर्नुभयो ” घरमा बाआमाको र यहाँ गुरु गुरुआमाको मुख हेर्न नचाहनेले कसको मुख हेर्ने रहेछ र हो?” ।
त्यसपछि ” मिस , नरिसाउनु होस् है त म भन्छु ऊ कसको मुख हेर्न चाहन्छ भनेर!” आर्यन बोल्यो।
उहाँको उत्कण्ठा झन् बढ्यो र ” म रिसाउन्नँ, भन न!” भन्नुभयो।
अनि आर्यनले भन्यो ” अस्ति यहीँ खाजाको छुट्टीका वेला गफ लाउँदै थियो- आफूलाई मन परेकी गर्लफ्रेण्ड पाएपछि उसैको मुख हेरेर बसिन्छ अब, बिहे गरिदिन अस्वीकार गरे भने बाउआमाको पनि साथ छोडिन्छ !”
कक्षामा भएका विद्यार्थीहरू विस्मयभावले हेर्दै थिए, कोही मौन बसे, कोही हाँसे । स्वयं शिक्षिका टोलाएर एकोहोरो हेरिरहनु भयो!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

5 minutes ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

21 minutes ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

24 minutes ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

1 day ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

1 day ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

1 day ago