Categories: कविता

“कविको कर्तव्य”

भगवती प्रसाद शर्मा

छन्द:- अनुष्टुप्

को को? हुन् मित्र वैरी को?,मैले पर्छ बताउन।
को हुन् देश बिगारा ती, मैले पर्छ चिनाउन।
सुतेका जनता जाग! भन्नै पर्छ जगाउन।
त्यसैले कविता मैले लेख्नै पर्छ उठाउन।।

पढेकाबाट नै देश लुट्ने ठूलो जमात छ।
गरिखाने दुखीलाई सधैं हेप्ने समाज छ।
हामी ठूलो भनी बस्ने छुसी हाम्रो दिमाग छ।
फेरिए बाहिरी बोक्रा उस्तै दर्ता चलान छ।।

फेरिए साहु हाम्रा यी फेरिए बैंकको रिन।
चक्रवृद्धि उही चल्छ सेरिए आर्त गर्दन।
फेरे सिद्धान्त नौलो रे फिरेन नव्य चिन्तन।
आत्मदाह बढेको छ उद्योग बन्द दिन्दिन।।

“घूस लिने दिने दोटै देशको हुन्छ दुश्मन।”
भित्तामा उक्ति लेखिन्छ चल्दछ घूस दिन्दिन।
देख्छ कलमले उस्तै हेर्छ दैनिक टुल्लुल।
यसैमा कविता लेख्छ रक्त उम्लिन्छ भुल्भुल।।

कसैले यो बिगारा हो भन्ने दोष लगाउँछन्।
यही हो देशद्रोही नै भन्ने आरोप लाउँछन्।
कहीँ भजन लेख्दिन्न जन आवाज लेख्दछु।
साक्षी छ आत्ममा मेरो सत्य मात्र म लेख्दछु।।

किरा या पुतली जन्तु फूल चरा जनावर।
कथा कविता लेखेर केही हुन्न निरन्तर।
आर्तका घाउमा पट्टी ओखती हुनुपर्दछ।
स्वार्थका खटिरा फोका कविले फोर्नुपर्दछ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

15 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

16 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago