Categories: बाल कथा

बौद्धिक अपाङ्ग


तुलसी पण्डित

आफ्नो सिट खोज्दै चौरासी वर्षको वृद्ध आए । त्यो ठाउँमा बीसबाइस बर्षको ठिटो बसी सकेको रहेछ । उनले उसलाई टिकट देखाए ।,तै उसले ठाउँ छोडेन । वृद्धले भने “त्यहाँ माथि हेरत के लेखेको छ ?” उसले मुन्टो उठाएर हेर्यो । केटाले मुख बिगार्दै भन्यो । “त्यहाँ लेखेर हुन्छ । यो सिटमा म पहिले आएर बसेको हुँ । ”

पछि बस हिड्ने बेलामा कण्डेक्टरले उसलाई उठाएर वृद्धलाई त्यै सिटमा राख्यो । केटाले रिसभाव देखाइ रह्यो ।
बस आफ्नै गतिमा दौडी रहेको थियो । केही पर पुगेर बस रोकियो ।त्यहाँ एक जना अपाङ्ग आयो । जसको एउटा खुट्टा नै थिएन ।ऊ वैशाखीको भरमा बस चढ्यो । उसले अपाङ्ग सिट तिर नजर लगायो । त्यस सिटमा उन्नाइस बर्षको केटी बसेकी थिइन् । उसले भन्यो । “यो अपाइ्ग सिट हो । ”

तर केटीले ठाउँ छोड्न इन्कार गरिन् । फेरि कन्डक्टर आयो । उसले ठाउँ छोड्न अनुरोध गर्यो । उनी उसैसँग बाझ्न थालिन् ।अपाइ्गलाई बसमा उभिन निकै गाह्रो भइ रहेको थियो । ऊ उपर वृद्धलाई निकै माया लागेछ । उनले उठेर उसलाई ठाउँ छोड्दै भने। ” तिमीलाई उभिन गाह्रो भयो । मेरो सिटमा बस ।”

तर अपाङ्ग त्यो सिटमा गएर बस्न मानेन ।उसले भन्यो ।
“म बृध्द होइन अपाङ्ग हुँ । त्यो वृद्ध सिटमा तपाईं नै गएर बस्नुहोस् ।” यो कुरा सुनेर केटी जिल्ल परिन् । उनले उठ्दै भनिन् । “मैले अधिकारको दुरुपयोग गरे । ल तपाईं नै बस्नुहोस् यो सिटमा । ”
अपाङ्गले मुसुक्क हाँस्दै भन्यो । “हैन हजुरको पनि अधिकार छ त्यो सिटमा ।” केटी जिल्ल परिन् । “किन ?” तपाईं पनि बौद्धिक अपाङ्ग होनि ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

17 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

17 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago