पुण्यप्रसाद घिमिरे
हिउँ फुलेका बाेटमा,
भेडी ऊन काेटमा,
भ्या भ्या भेडी कराउँछ,
हाम्रैै भेडी गाेठमा।
हात फुटी चिरा छ,
लगलग जाडाे ओठमा,
चाैँरीलाई ह्या ह्या धपाउँदै,
नूनभारी भाेटमा।
फुरूरू कपास छर्दछ,
कालाे नीलाे पार्दछ,
हिउँकै फूल रूखमा,
चाँदीकै फल झार्दछ।
चाैँरीकाे ढाडमा हिउँ छ,
भेडी ढाड हिउँ छ
लगलगी मुटु काम्दछ,
मेराे नि हिउँ जिऊ छ।
एक्लाे लेक सुनसान,
भाेक ढिँडाे पर्खन्छ,
हिउँमा खुट्टा टेकेर,
भेडी र चाैँरी फर्कन्छ।
दनन आगाे बाल्न,
बाबाकाे काँधमा मूढाे छ
भुङरामा आलू पाेल्दै,
अगेनाे आगाे घूँडाे छ।
दही दूध भण्डार,
गाेठमा चाँरीकाे छुर्पी छ,
दाउरा घाँस काट्न,
आमाकाे कम्मर खुर्पी छ
गाेठै भाे गाउँ सहर,
अधुरा लेख पढ रहर,
सुसेल्दा डाँडा फर्काउँछ,
यस्तैछ मेराे कहर।
गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
View Comments
9977bet, not bad, not great. Just another one in the mix. But hey, you might get lucky. Give it a look: 9977bet.