Categories: Uncategorized

चाड


नन्दलाल आचार्य

“आज तमु ल्होसार हो आमा, तर मेरो पात्रोमा कामकै मिति छ ।”
यति भनेर आमाको फोन राखेपछि रमेशले पन्ध्रौँ तलाबाट तल झुकेको सहर हेर्यो । मान्छेहरू कमिला जत्रै थिए, सपना बोकेका कमिला । निधारबाट झरेको पसिनाले टिसर्ट भिज्यो । गाउँतिर आज ढोल, घन्टु र कौडाको तालले आकाश हल्लाइरहेको थियोे । रमेश भने सहरमा फलामको रड, सिमेन्टका बोरा र हतौडाको ठकठकमा मात्रै व्यस्त थियोे।
उसलाई सम्झना आयो- आमाको काँपेको स्वर, “चाड पुर्खाको विरासत हो ।” तर विरासत जोगाउन पेट भरिनुपर्छ भन्ने सत्य सहरले सिकाइसकेको थियो । उसले बनाइरहेको अग्लो भवनतिर हेर्यो । हरेक इँटामा उसको भोक, ऋण र सन्तानका अधुरा सपना गाडिएका थिए । छेउको साथीले सोध्यो, “आज त तिमीहरूको चाड, काम किन नरोकेको ?”
मनका पीडा मनमै थुम्थुम्याएर रमेशले मुस्कुराउँदै भन्यो, “हाम्रो वर्गका लागि चाड तब सुरु हुन्छ, जब पसिनाको मूल्य बराबरीमा बदलिन्छ ।”

सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

7 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

7 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago