पुण्यप्रसाद घिमिरे
बैत्यश्वर ६, दोलखा
कोइली डाँफे चरी वर्ग, आज काग तिहार,
टीका लाउँछु कालेकाग, देऊ तिम्रो निधार।
यम पञ्चक तिहारमा, फालौं मैलो बिकार,
पंक्षीलाई पूजागर्ने, हाम्रो राम्रो संस्कार।
गीत गाई कीरा खान्छौ बालिनाली सुरक्षा,
चिरबिर छैनभने, सुनसान अवस्था।
आफ्नै बोली के के बोल्छौ का का गरेर,
फलफुल मिष्ठान्न, ल्याएँ दुना भरेर।
यमराजका दूत हौ रे, कागदाजै तिमी त,
समाचार भन्दै उँड्ने, हुलाकी दाइ तिमी त।
आऊ आऊ प्रसाद खाऊ, पूजा सबै पंक्षीको,
तिम्रो पर्व आएपछि, देउसी भैलो संझियो।
उँड्दै आऊ चरिबरी, तिम्रो मान गर्दछौँ,
पंक्षी पुज्ने संस्कृतिको, हामी रक्षा गर्दछौं।
पर्व दिनमा नआएमा, अलमल पर्दछौँ,
नडराइ खाऊ खाना, हामी पर सर्दछौँ।
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
View Comments
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.